दफा ११२
आचारसंहिता बनाई लागू गर्ने
(१) स्थानीय तहले आफ्ना सदस्य तथा कर्मचारीको लागि आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको आचारसंहितामा अन्य विषयका अतिरिक्त निर्णय प्रक्रियामा निजी स्वार्थ वा हकहित जोडिएका विषयमा संलग्न हुन नहुने, पारदर्शी, जवाफदेही कार्य प्रक्रियाको अवलम्बन गर्ने, सार्वजनिक सम्पत्तिको दुरूपयोग गर्न नहुने, सार्वजनिक शिष्टाचार तथा सुशासन प्रवद्र्धन, एक अर्को स्थानीय तह, प्रदेश र सङ्घको कार्यप्रणाली तथा अधिकारक्षेत्रको सम्मान गर्ने लगायतका विषयहरू समावेश गर्नु पर्नेछ ।